विश्वसँग चीनको सम्बन्धबारे राष्ट्रपति सीको टिप्पणी

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनःस्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्मरणार्थ सम्मेलनमा महत्त्वपूर्ण सम्भाषण गरेका छन् ।

सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपतिले चीन र विश्वबीचको सम्बन्धका बारेमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।

‘पचास वर्षदेखि चिनियाँ जनताहरू विश्वभरका जनतासँग ऐक्यबद्धता र सहयोगको दृष्टिकोण लिएर उभिएका छन् र अन्तरराष्ट्रिय समानता र न्यायलाई समर्थन गर्दै विश्व शान्ति र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्,’ सीले भने । चिनियाँ जनता शान्तिप्रिय जनता भएकाले शान्ति र स्थिरताको मूल्य राम्ररी जान्ने राष्ट्रपति सीले जनाए ।

राष्ट्रपति सीको टिप्पणी छ‚ ‘हामीले शान्तिको स्वतन्त्र परराष्ट्र नीतिलाई अडिग रूपमा पालना गरेका छौँ, निष्पक्षता र न्यायको पक्षमा अडिग छौँ र आधिपत्य र सत्ताको राजनीतिको दृढतापूर्वक विरोध गरेका छौँ ।’

यसैबीच चिनियाँ नेताले सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षाका लागि अन्य विकासोन्मुख राष्ट्रहरूको न्यायोचित सङ्घर्षमा चिनियाँ जनताको बलियो समर्थक रहेको बताएका छन् ।

‘ताजारा रेलवेदेखि बेल्ट एन्ड रोड इनिसिएटिभसम्म, हामीले अन्य विकासोन्मुख देशहरूलाई मद्दत गरिरहेका छौँ र हाम्रो आफ्नै विकासको माध्यमबाट विश्वलाई नयाँ अवसरहरू प्रदान गरेका छौँ,’ राष्ट्रपति सीले भने। विश्वलाई कोभिड-१९ महामारीसँग लड्न चीनले पनि महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।

यस महामारीको कठिन समयमा चीनले विश्वसँग कोभिडपछिको प्रतिक्रिया‚ अनुभव आदान-प्रदान गर्न सक्रिय रहेको छ र ठूलो मात्रामा खोप र औषधिहरू आपूर्ति गरिरहेको छ ।

राष्ट्रपति सीले चीनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा आफ्नो जिम्मेवारी र मिसनलाई इमान्दारीपूर्वक पूरा गरेको भन्दै संयुक्त राष्ट्रसंघ बडापत्रको उद्देश्य र सिद्धान्तहरूमा चीन इमान्दार रहेको र अन्तरराष्ट्रिय मामिलामा संयुक्त राष्ट्रको केन्द्रीय भूमिकालाई समर्थन गरेको बताएका छन् ।

‘मानव जाति एक अभिन्न समुदाय हो र पृथ्वी हाम्रो साझा मातृभूमि हो‚’ उनले भने ।

विश्वव्यापी मामिलाहरूमा साझा जिम्मेवारी सुन्दर संसार निर्माण गर्नका निम्ति सबैभन्दा ठूलो संयोजन र सिर्जना भएको राष्ट्रपति सीको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *