रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

मस्को । रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारीअनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथिल्लो तलामा ग्यास चुहावटका कारण भएको विष्फोटले ६ वटा अपार्टमेन्ट ध्वस्त पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *