प्रधान न्यायाधीशलाई भेटेरै निकास खोज्ने न्यायाधीशहरूको निर्णय

काठमाडौँ । न्यायाधीशहरूले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेरै निकास खोज्ने निर्णय गरेका छन् । उनीहरूले मंगलबार बिहान ११ बजेपछि प्रधान न्यायाधीश जबरालाई भेट्ने समय तय गरेका छन् ।

सोमबारको ‘बेन्च बङ्क’ गरेर छलफलमा जुटेका न्यायाधीशहरूको बैठकले प्रधान न्यायाधीश जबरालाई भेट्ने निर्णय गरेका हुन् । प्रधान न्यायाधीश जबराले आज ७ पेसी तोकेका थिए । यद्यपि न्यायाधीशहरूले ‘बेन्च बङ्क’ गरी बेग्लै छलफलमा जुटेका थिए ।

नेपाल बार एशोसिएसनले प्रधान न्यायाधीशको राजीनामा माग्नेसम्मको तयारी गरेको छ । अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको सुधार आफूहरूको एजेण्डा भएको उल्लेख गर्दै भनेका छन्, ‘न्यायपालिकाको सुधारको लागि कुनै कसर बाँकी राखिदैँ । उहाँको राजीनामा माग्न पनि सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *