बालकलाई यौन दुराचार गरेको आरोपमा क्यानेडियन नागरिक पक्राउ
२०७८ कार्तिक ७ गते

सांकेतिक तस्बिर
पोखरा । पोखरामा नाबालकहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक विदेशी पक्राउ परेका छन् । उनीमाथी पोखरा- ६ लेकसाईडमा नाबालकहरूलाई ललाइफकाइ प्रलोभनमा पारेर यौनजन्य गतिविधि गरेको आरोप छ । पक्राउ पर्नेमा क्यानेडियन नागरिक ४४ वर्षका रोवर्ट किन्कले छन् ।
उनले ३ बालकलाई साथमा राखेर यौनजन्य गतिविधि गरेको कास्की प्रहरीले जनाएको छ । उनको सातबाट १ थान लयापटप, १ थान मोबाईल, राहदानीसहित अन्य सामग्री पनि बरामद भएको छ ।
उनलाई अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा ७ दिन म्याद थप गरिएको छ ।
२०७८ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित








