सत्तामा चलखेल : प्रदेश सभा बैठक १५ गतेसम्मलाई स्थगित

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मलाई सूचना टाँस गरेर स्थगित भएको छ । प्रदेश सभा सचिवालयले बैठक बस्ने मिति परिवर्तन गरी सूचना टाँस गरेर बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरेको हो ।

प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक आज दिउँसो साँढे १२ बजे बस्नेगरी कार्यसूची समेत निर्धारण गरी तोकिएको उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेको निवेदनका आधारमा स्थगन भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले मिति परिवर्तन गरी पाऊँ भनी लिखित अनुरोध भई आएकाले प्रदेश सभा नियमावली, २०७४को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७८ कात्तिक ७ का लागि निर्धारण गरिएको कार्यसूचीबमोजिम नै हुनेगरी कात्तिक १५ गते सोमबार दिनको १२:३० बजे बैठक बस्ने संसद् सचिवायले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

No description available.

सत्तामा चलखेल
प्रदेश १ मा सत्ताको चाबी कसले लिने भन्ने विषयमा रडाको सुरु भएको छ । नेकपा एमाले अल्पमतमा परेपछि विपक्षी गठबन्धनभित्र प्रदेश सभाको दोस्रो ठुलो दलले मुख्यमन्त्री पाउनुपर्ने कुरा उठ्दै आएको छ । केन्द्रको गठबन्धनका आधारमा प्रदेश १ मा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई छाड्न खोजिएको भन्दै प्रदश १ भित्र नेपाली कांग्रेसका सांसदहरू रुष्ट छन् ।

रूष्ट बनेका सांसदले फ्लोर क्रस गर्ने सम्भावना बढेपछि कांग्रेसले रक्षात्मक अवस्थामा एक दिन सदन स्थगितको माग राखेर निवेदन दिएको कांग्रेस स्रोत बताउँछ । प्रदेश १ प्रति कांग्रेसको केन्द्रीय नेतृत्वले छलछाम गरेको आरोप कांग्रेसभित्रै छ । लिखित वा स्पष्ट निर्देशन नआउँदासम्म नेपाली कांग्रेसले सहज रुपमा मुख्यमन्त्री एकिकृत समाजवादीलाई दिने सम्भावना देखिँदैन ।

‘केन्द्रबाट कुनै पत्र पठाइएको छैन, मुख्यमन्त्री बागमतीमा अलोपालो गर्ने, प्रदेश १ मा किन नगर्ने, नेपाली कांग्रेसका एक सांसदले भने, ‘नेतृत्वले छलछामले प्रदेश १ मा नेपाली कांग्रेसलाई गुमराहमा पार्न खोजिँदैछ ।’ सत्ता पक्षका अनुसार नेपाली कांग्रेसका ७ देखि १० जनाले फ्लोर क्रस गर्ने दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *