विरहीको बालकथा सङ्ग्रह ‘रेस्माको स्यान्डल’ सार्वजनिक 

काठमाडौँ । केशु विरहीको बालकथा सङ्ग्रह ‘रेस्माको स्यान्डल’ बजारमा आएको छ । शिक्षक हुँदा स–साना नानी बाबुहरूसँग बिताएका पलहरूलाई आफूले सङ्ग्रहमा समेटेको विरहीले बताए ।

विरहीका कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाहरू प्रकाशित छन् । उनका( कहाली लाग्दा गोरेटाहरू (उपन्यास –सह लेखन) २०५५, आमाको माया (उपन्यास) २०५६, सुस्केरा (सामूहिक सङ्कलन) २०६२, दन्किएको आगो (गजल सङ्ग्रह) २०६३, भास्कर वंशावली (वंशावली) २०६५, सुलोचना (कथा सङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् ।

साबिकको खाम्लालुङ गाविस वडा नं ९ हालको आठराई गाउँपालिका वडा नं २ दोरपका स्थायी बासी विरही लामो समयदेखि बाल साहित्यमा कलम चलाउँदै आएका छन् ।  गत वर्ष नै प्रकाशन गर्ने तयारी गरे पनि कोरोनाका कारण ढिलो भएको विरहीले बताए । कृति शिखा बक्स काठमाडौँले प्रकाशन गरेकाे हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *