मोरङका २ स्थानीय तहमा एमालेकाे वडा अधिवेशन स्थगित

विराटनगर । मोरङका १७ स्थानीय तहहरू मध्ये १५ वटामा नेकपा एमालेका वडा अधिवेशन सम्पन्न भएका छन्। बाँकी दुई वटामा बाढी र प्राविधिक कारण देखाउँदै वडा अधिवेशन स्थगित भएका छन् । बाँकी सबै पालिकाका केही वडा बाहेक सबैमा सर्वसम्मत न वडा नेतृत्व चयन गरेको छ।

शनिवार भएको वडा अधिवेशनबाट १७ वटा स्थानीय तहमा नै केही वडा बाहेक निर्वाचन सम्पन्न भएको हो। नेकपा एमाले मोरङमा कायम रहेका १५९ वटा वडा शाखा कमिटी रहेको थियो । जसमा मिक्लाजुंगका ९ वटा वडामा सर्वसम्मत भएको छ।  लेटाङ नगरपालिकाको  वडा नम्बर ७ को एउटा वडा बाहेक सर्वसम्मत भएको नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

केराबारीको १ बाँकी,  उर्लाबारी नगरपालिकामा  १,२,३,६  र ७ नम्बर वडामा नतृत्व चयन बाँकी छ। रतुवामाई र पथरी नगरपालिकाका सबै वडामा सर्वसम्मत भएको छ । कानेपोखरी गाउँपालिकाको एउटा वडामा  नेतृत्व चयन बाँकी छ ।

बेलबारीमा ११ वडा मध्ये एउटा वडामा  बाँकी, सुन्दर हरैचामा सबै वडामा सर्वसम्मत वडामा  पदाधिकारी चयन भएको पोखरेलले बताए ।  ग्रामथान, बुढिगङ्गा,  कटहरिमा सर्वसम्मत वडाको नेतृत्व चयन भएको छ।

रङ्गेलीमा एउटा वडा, धनपाल थानमा २ वटा वडा, विराटनगर महानगरपालिकामा एउटा वडा बाँकी रहेको छ भने अरू सबै वडाहरूमा सर्वसम्मत भएको नेकपा  एमाले मोरङ अध्यक्ष पोखरेलले जानकारी दिए ।  पोखरेलका अनुसार  सुनवर्षी नगरपालिकामा बाढीका कारण कुनै पनि नेतृत्व चयन हुन सकेन भने जहदामा आवश्यक व्यवस्थापन अपुग भएको कारणले केही दिनमै सम्पन्न गर्ने गरी स्थगित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *