बाढी, पहिरो र डुबानबाट देशभर १११ जनाको मृत्यु, ३३ अझै बेपत्ता
२०७८ कार्तिक ६ गते

काठमाडौँ । कात्तिक एक गतेदेखि बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर १११ जनाको मृत्यु भएको छ । यस्तै ३३ जना अझै बेपत्ता छन् ।
शनिवार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरो र डुबानमा परी १११ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र पुष्टि गरेको छ । जसमध्ये प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एक जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।
यस्तै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

२०७८ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित








