जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

आज (शुक्रबार) राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरेका हुन् । आजैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत आठ अर्ब ७७ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो । यो रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार-वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

यो पनि : जयनगर-कुर्था रेलमार्ग : नेपाललाई हस्तान्तरण गरिँदै, सञ्चालन तिहारपछि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *