पूर्वमन्त्री राईकाे आग्रह- लोकतन्त्रमा बहुमतले निर्णय गर्छ, जनगणनामा ‘राई’ नै लेखौँ (भिडिओसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवम् पूर्वमन्त्री अशोक राईले आउँदो राष्ट्रिय जनगणनामा किरात समुदायले जातिको महलमा ‘राई’ लेख्न आग्रह गरेका छन् । पहिचानवादी नेताको छवि बनाएका राईले लोकतान्त्रिक पद्धतिमा बहुमतको कदर गर्नुपर्ने दृष्टान्त सुनाउँदै किरात समुदायले ‘राई’ लेख्न आग्रह गरेका हुन् ।

लोकतान्त्रिक राजनीतिमा बहुमतको आधारमा सबै निर्णय हुने उल्लेख गर्दै किरात राईहरू विभाजित भएर अल्पमतमा पर्दै कमजोर हुने दिशामा जान नहुनेतर्फ सचेत गराउँदै राईले भने, ‘लोकतन्त्रको विशेषतालाई हामीले ध्यान दिनुपर्छ । लोकतन्त्र भनेको बहुमतले निर्णय गर्ने प्रणाली हो । यस्तो प्रणालीमा हामीले त्यसको विशेषतालाई नबुझेर आफैँ अल्पमतमा पर्ने ढंगको व्यवहार गर्‍याैँ भने त्यसले हाम्रो जातिको र हाम्रो सन्ततिहरूको जीवनमा धेरै ठूलो असर पार्दछ ।’

१२औं राष्ट्रिय जनगणना सचेतनासम्बन्धी किरात राई यायोक्खाले निर्माण गरेको सन्देशमूलक भिडिओमार्फत राईले थपेका छन्, ‘त्यसैले किरात समुदायका सदस्यहरूले जातिको महलमा राई नै लेख्नुपर्छ । मुलुकमा कुनै पनि जातिको संख्याले ठूलो महत्व राख्दछ ।’

राई समुदायमा गणनाकाे विभिन्न महलहरूमा के लेख्ने/लेखाउने भन्नेबारे एकखाले विवाद छ । राई समुदायका केही सदस्यहरूले राई लेखाउनुपर्छ भन्ने मनसाय व्यक्त गरिरहँदा सचेत सदस्यहरूले भने राई नै लेखाउनुपर्छ भन्ने अडान लिएका छन् ।

नेपालमा कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *