सुदूरपश्चिममा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २२ बेपत्ता

धनगढी । सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । गत असोज ३१ गतेदेखिको वर्षासँगै आएको बाढी, पहिरोका कारण प्रदेशभर ३४ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बाढीपहिरोबाट सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बझाङमा नौ, बैतडीमा चार, डडेल्धुरामा तीन, कैलाली र अछाममा एक/एक जनाको मृत्यु भएको छ ।

यस्तै प्रदेशमा बाढीपहिरोमा २२ जना बेपता भएका छन् । बेपता हुनेमा सबैभन्दा बढी बझाङका २० जना, बैतडी र कैलालीमा एक/एक जना रहेका छन् ।

त्यस्तै, बाढीपहिरोमा १७ जना घाइते भएका छन् । घाइतेमा सबैभन्दा बढी डोटीमा ११, डडेलधुरा, बैतडीमा दुई/दुई जना र बझाङ र बाजुरमा एक/एक जना घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *