मकालु बेसक्याम्प घुम्न गएका एक जनाको मृत्यु

संखुवासभा । मकालु बेसक्याम्प घुम्न गएका एक जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिका २ याङ्लेखर्कमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका ५ श्रीअन्तुका ३२ वर्षीय धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले मकालुखबरलाई जानकारी दिए।

घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उनको कात्तिक १ गते दिउँसो २ बजे निधन भएको हो ।  एक गते नै मृत्यु भए पनि ३ गते मकालु गाउँपालिकास्थित होमाताङमा घिमिरेको दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।  उनीसँगै बेसक्याम्प घुम्न गएका अन्य ६ जना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *