सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा  अनटेष्ट कार आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा कार चालक बराह क्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्ण प्रसाद दाहाल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गए राती काला बञ्जरदेखि चक्रघटीतर्फ आउँदै गरेको सो कार पैनीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दाहालको  नगर अस्पताल चक्रघटीमा  उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सुनसरीको भाण्टाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। स्कुटर   कोसी गाउँपालिका ८ भाण्टाबारी चोकमा  दुर्घटना भएको हो । दुर्घटनामा झापा दमक नगरपालिका १ की २६ वर्षीय सासा लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

राती साढे ११ बजे पूर्वबाट पश्चिम तर्फ ज्यादै गरेको उक्त स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा स्कुटी पछाडि सवार रहेकी झापा बुद्ध शान्ति गाउँपालिका १ की २७ वर्षीय रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *