बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा गोली चल्यो, ७ जनाको मृत्यु

काठमाडौँ । बंगलादेशको उखियास्थित एक रोहिंग्या शरणार्थी शिविरमा शुक्रवार गोली चलेको छ ।  उक्त अन्धाधुन्ध बन्दुक आक्रमणमा परी ७ जनाको मृत्यु भएको बंगलादेश प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।

उक्त हमला शरणार्थी शिविरमा रहेको मदरसामा भएको  बंगलादेशको प्रमुख अखबार ढाका ट्रिब्युनले जनाएको छ । आक्रमणकारीको पहिचान हुन सकेको छैन । शुक्रवार बिहान ४ बजेको भएको आक्रमणमा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने अन्य तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय उखिया प्रहरी चौकीका एसपी शिहाब कैसरका अनुसार आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।  पक्राउ परेका व्यक्तिको साथबाट गोला र बारुद बरामद गरिएको उनको दाबी छ ।  यस्तै अन्य आक्रमणकारीकाे खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *