बैतडी पुगे देउवा, बाढी पहिरोको क्षतिबारे जानकारी लिँदै

धनगढी । बाढी पहिरोको क्षतिबारे जानकारी लिन सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बैतडी पुगेका छन् ।

बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा पुगेर उनले बाढी र पहिरोले पारेको क्षतिको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

सुदूरपश्चिममा बाढी पहिरोको अवस्थाबारे बुझ्न प्रधानमन्त्री देउवा बिहीबार हेलिकप्टरमार्फत सुर्खेत हुँदै सुदूरपश्चिम आएका हुन् । उनले यसअघि डोटी र बझाङ पुगेर बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् ।

देउवा आजै बैतडीपछि डडेल्धुरा र कञ्चनपुरको बाढी पभावित क्षेत्रको अवलोकन निरीक्षण गरेर धनगढी पुग्नेछन् । शुक्रबार कैलालीको बाढी प्रभावित टीकापुर क्षेत्र जाने कार्यक्रम छ ।

टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *