२२ घण्टापछि खुल्यो कोशी राजमार्ग

धनकुटा । खोलाले बगाएपछि अवरुद्ध भएको कोशी राजमार्ग २२ घण्टापछि खुलेको छ । बगाएपछि साँगुरीगढी गाउँपालिका- ६ फेदीमा लेउती खोलाले करिब ५० मिटर सडक बगाएपछि राजमार्ग बुधबार दिउँसोदेखि अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना र आम नागरिक मिलेर दिउँसो साढे १ बजेदेखि खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । राजमार्ग अहिले अस्थायी रुपमा मात्र सञ्चालनमा रहेको पनि प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द हुँदा धरानदेखि पहाडतिर जाने र पहाडबाट धरान झर्ने गाडी अलपत्र परेका थिए । पानी पर्ने क्रम भने अझै नरोकिएको प्रहरीले जनाएको छ । झरीका कारण नदीमा बाढी पनि आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *