ईलाममा १३ जनाको मृत्यु

विराटनगर । ईलाममा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय ईलामका अनुसार मृत्यु हुनेमा अधिकांश पहिरोमा परेर ज्यान गुमाएकाहरू छन् ।

यसरी मृत्यु हुनेमा फाक्फोथुम गाउँपालिका- १ बस्ने २० वर्षीय बिमा शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई रहेका छन् । सोही गाउँपालिका- ३ सल्लेरीका ८६ वर्षीय नयनसिंह कटवाल, ७५ वर्षीया सम्जोता कटुवाल थापा, १५ वर्षीया निसानी कटवाल, १२ वर्षीय निश्चित कटवालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामका एसपी महेन्द्र श्रेष्ठले मकालुखबरलाई जानकारी दिए । यी सबै एकै परिवारका हुन् ।

एसपी श्रेष्ठका अनुसार सूर्योदय नगरपालिका- ३ नेलबोटेका ४९ वर्षीय नारायणदेवी मोतेको पहिरोले पुरिएर मृत्यु भएको तथा देउमाई नगरपालिका- २ का ४५ वर्षीय सरिता आचार्यलाई खोलाले बगाएर मृत्यु भएको छ ।

सूर्योदय नगरपालिकामा नै थप २ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै सूर्योदय नगरपालिका- ३ की ३८ वर्षीया विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको पनि मृत्यु भएको छ । यसैगरी माङ्सेबुङ गाउँपालिका- ६ बस्ने २५ वर्षीय कविता राई, ५५ वर्षीय हरिप्रसाद राईलाई पहिरोले पुरेको एसपी श्रेष्ठले जानकारी दिए । माईनगरपालिका- ३ बेतिनीकी २५ वर्षीय तेजमाया राईको हाँगाले लागेर ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *