बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी‚ पहिरो र डुबानमा परी आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी ईलाममा ११ र डोटीमा नौ जना छन् । दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो ।

त्यस्तै पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

यो क्रम आज पनि जारी छ । हराएकाहरूको खोजीकार्य र फसेकाहरूको उद्धारकार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिएमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =