प्राणीशास्त्रीको दरबन्दी सिर्जना गर्न त्रिविको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राणीशास्त्र विषयको दरबन्दी सिर्जना गर्न माग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. धर्मकान्त बास्कोटाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा लोकसेवा कार्यालयलाई पत्र पठाउँदै प्राणी शास्त्रको दरबन्दी सिर्जना गर्न माग गरेका हुन् ।

पत्रमा त्रिविबाट प्राणीशास्त्रमा स्नातक र स्नातकोत्तर उत्तीर्ण गर्ने जनशक्तिले जैविक विविधता, जैविक श्रोतको अध्ययन, वनस्पति अध्ययन क्षेत्रमा योगदान दिन सक्ने भएकाले दरबन्दी सिर्जना गर्न माग गरिएको छ ।

त्रिविमा प्राणीशास्त्र अध्ययन गरेको जनशक्तिले देश विदेशका विभिन्न क्षेत्रमा काम गर्दै आएको जानकारी गराउँदै पत्रमा नेपालमा अहिलेसम्म प्राणी शास्त्र अध्ययन गरेकाहरूको लागि कुनै पनि दरबन्दी नै नरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *