डुबानमा मोरङ, १५ सय बढीको उद्धार

विराटनगर । निरन्तरको अविरल वर्षाले विराटनगर क्षेत्र डुबानमा परेको छ । पानीको निकास थुनिँदा विराटनगरको पश्चिम दक्षिण क्षेत्र डुबानमा परेको हो ।

केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका करिब पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेका बस्तीलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको १२ का वडाध्यक्ष हिरालाल कामतले बताए । विस्थापितलाई सामुदायिक भवन र विद्यालय लगायतका सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ। विराटनगरको उत्तरी, दक्षिणी र पश्चिमी भेगमा बाढी पसेको छ ।

लगातारको वर्षाका कारण खोलाहरूमा आएको बाढीले विराटनगरका १२, १५, १६, १७, १८ अधिकांश घर डुबानमा परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार मोरङका बुढि, सिँगिया, बक्राहा लगायतका खोला गाउँ पसेको छ । खोला गाउँ पसेको क्षेत्र डुबानमा भएको उनले बताए ।

अहिलेसम्म डुबानमा भएको १५ सय बढीको उद्धार गरिएको उनले बताए । बाढी गाउँ पस्न थालेपछि राति देखि नै प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी परिचालन भएर उद्धार को कार्यलाई तीव्रता दिइएको प्रजिअ दाहालले बताए । विराटनगरमा एक जनाको शव फेला परेको छ, ग्रामीण क्षेत्रमा थप २ जना हराइरहेको भन्ने जानकारीमा आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *