पाँचथरमा पहिरोमा परि ६ जनाको मृत्यु, २ बेपत्ता

पाँचथर । पहिरोमा परि पाँचथरमा ६ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरीएर फिदिम-४ का ममता लिम्बु र रोयन मगर, कुम्मायकको माङ्जावुङकी डम्बरकुमारी शेर्मा, मिक्लाजुङ ४ का धनबहादुर लावती, फाल्गुनन्दका फुर्वा तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै मिक्लाजुङ-५ मा एकजनाको मृत्यु भएको तर उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । मिक्लाजुङ-४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता भएका छन् । पहिरोका कारण दजर्नौँ परिवार विस्तापित भएका छन् ।

पहिरोका कारण मेची राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएको छ । जिल्लाका अधिकाँश सडक अवरुद्ध भएका छन् । जिल्लाका धेरै ठाँउमा पहिरो गएकाले क्षतिको विवरण आउने क्रम जारी रहेको पनि निरीक्षक विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *