विराटनगर विमानस्थल जलमग्न, उडान स्थगित

काठमाडाैँ । लगातारको वर्षाका कारण विराटनगर विमानस्थलमा बाढी पसेर जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो ।

विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वे’मा पानी जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार बिहानबाट विमानस्थलमा बाढीको पानी पसेको हो ।

बाढीको पानी निरन्तर पसे हवाई उडान प्रभावित हुने उनले बताएका छन् । २०७४ सालमा आएको बाढी पस्दा विमानस्थल एक साताभन्दा बढी समय बन्द भएको थियो । नेपाली सेनाले हिलो पन्छाएपछि सेवा सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *