मोहम्मद जयन्तीमा मोरक्कोका ५१० कैदीलाई आममाफी

रवात । मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैटौँले मङ्गलबार उनीहरूलाई आममाफी दिएको घोषणा गरेका हुन् ।

इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन् । मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ । सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *