मौसम खराबीले हवाई उडान अस्तव्यस्त

विराटनगर । मौसममा देखिएको खराबीका कारण काठमाडौँ–विराटनगरका अधिकांश उडान अवरुद्ध हुने गरेका छन् । विराटनगरबाट काठमाडौँ उडान हुनुपर्ने २ वटा जहाज उडान भर्न नसकेर विराटनगरमा नै रोकिएका छन् ।

बुद्ध एयरको एउटा र श्री एयरको एउटा जहाज विराटनगरमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरण, विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिए । मंगलबार (आज) साँझ काठमाडाँैबाट विराटनगरतर्फ आउँदै गरेको सौर्य एयरको जहाज पनि बीचबाटै पुनः काठमाडौँ नै डाईभर्ट गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ बिराटनगर २१ वटा उडानको तालिका रहेको भएपनि जम्मा ७ वटा मात्र उडान हुन सकेको प्रमुख खरेलले बताए । आज दिनभरीमा सौर्यका २ वटा, यतिको १, गुणको १, बुद्धको २ र श्री एयरको १ उडान भएको खरेलको भनाइ छ । देशव्यापी रूपमा देखिएको मौसमको खराबीको कारण नै धेरै उडानहरु अवरुद्ध भएको उनले बताए ।

बुद्ध एयरको दिउँसो १ बजेर ५ मिनेट र १ बजेर ४५ मिनेटको दुई उडान भएको बुद्ध एयर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले बताए । उनकाअनुसार दिउँसो ४ बजेर ४५ मिनेटमा उडान हुनुपर्ने जहाज मौसममा आएको खराबीका कारण विराटनगर नै नाईट स्टे भएको भण्डारीले बताए ।

बिहानको ३ र साँझको ३ वटा उडान पनि स्थगित भएको छ । विराटनगरमा राखिएको जहाज बिहान ६ बजे उड्ने भण्डारीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *