एनआईसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बच तथा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार (आज) आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर यो योजना सार्वजनिक गरेको हो ।

यो योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमासम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिने बैंकले जनाएको छ । यस्तै यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूले २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधासमेत प्राप्त गर्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्ने बैंकका प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिए ।

अधिकारी पाण्डेकाअनुसार औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिनेछ । यसकै उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत् ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

योजनाको विस्तृत अध्ययन यहाँ गर्नुहोस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *