नदीमा माछा मार्न गएका ३ जना बेपत्ता

धनगढी । कैलालीको लम्कीचुहामा नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । सोमबार दिउँसो माछा मार्न गएका लम्कीचुहा नगरपालिका वडा नं. ३ ढुङ्गेबजारका ६१ वर्षीय खडकबहादुर घर्तीमगर, ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् ।

उनीहरु सोमबार नै बेपत्ता भएको भएपनि आफन्तले मंगलबार मात्रै प्रहरीलाई जानकारी दिएपछि घटना ढिलोगरी सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

उनले आफन्तले घटनाबारे जानकारी गराएपश्चात् इलाका प्रहरी कार्यालय, चिसापानीको टोली बेपत्ताहरूको खोजीमा खटिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *