पहिरोले घर पुरिँदा दिदी-भाइको मृत्यु

विराटनगर । धरानमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका दिदी भाइको मुत्यु भएको हो ।

मृत्यु हुनेहरूमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निशु राई र छोरा ४ वर्षीय निहान राई रहेको जिल्ला प्रहरी कर्यालय, सुनसरीले जनाएको छ ।

मंगलबार (आज) दिउँसो पौने २ बजे घरमाथीबाट खसेको पहिरोले १ तले जस्ताले छाएको घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

घरभित्र रहेका दुई जना बच्चासमेत पुरिएको सुनसरीका एसपपी सञ्जयसिंह थापाले जानकारी दिएका छन् । घटनाबारे जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय, धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको छ ।

उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बच्चालाई मृत अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *