अनशनरत रुबी खान र सरकारबीच सहमति

काठमाडौँ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ ।  सरकारले उक्त प्रकरणको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मंगलबार सहमति भएको एक अधिकारकर्मीले बताए । सरकारले घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने सहमति भएको छ ।

त्रिवि शिक्षण अस्पताल पुगेर रुबी खानको अनशन तोडाउने तयारी भइरहेको छ । भने सोही अस्पतालमा उक्त सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ । गृह मन्त्रालयका पदाधिकारीहरू रुबीको अनशन तोडाउन त्रिवि शिक्षण अस्पताल जानेछन् ।

उक्त घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् । यस्तै आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *