नदीले बगाउँदा ट्र्याक्टर चालक बेपत्ता

धनगढी । कैलालीमा नदीले बगाउँदा ट्र्याक्टर चालक बेपत्ता भएका छन् । आइतबार (हिजो) बेलुकादेखि लगातारको वर्षापछि खुटिया नदीमा आएको बाढीले बगाएर नदी छेउमा ढुङ्गोगिट्टी लोड गरिरहेका ट्र्याक्टर चालक बेपत्ता भएका हुन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नं. ७ का ३० वर्षीय गणेश आउजी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

बेपत्ता आउजीको अहिले सशस्त्रको गोताखोरसहितको टोलीले नदीमा खोजी गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =