कैलालीमा घाँटी थिचेर युवकको हत्या, श्रीमतीसहित चार पक्राउ

धनगढी । कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानमा युवकको घाँटी थिचेर हत्या गरिएको खुलेको अधिकारीले बताए ।

शुक्रवार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धानका लागि प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । यद्यपि उनीहरूको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *