एसइई उत्तीर्ण छात्रालाई निःशुल्क ‘प्लस टू’

सप्तरी । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकाभित्र एसइई उत्तीर्ण गरेकी छात्रालाई ‘प्लस टू’ पढाउन लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए । एसइई उत्तीर्ण गरेपछि माथिल्लो तहको शिक्षा ग्रहण गर्ने छात्राको सङख्या अत्यन्त न्यून देखिएकाले उनीहरुलाई उच्च शिक्षामा पहुँच बढाउन नगर सभाले निर्णय गरेर यस बर्षदेखि कार्यान्वयनमा ल्याइएको उनले बताए ।

“समग्र समाज शिक्षित नभएसम्म नगरको विकास सम्भव हुन सक्दैन”, उनले भने, “शिक्षित समाज स्थापनाका लागि एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टू पढाउने योजना नगरपालिकाले ल्याएको छ ।”

कक्षा ११ मा भर्ना हुने छात्राको रजिष्ट्रेसन शुल्क, परीक्षा शुल्क र मासिक शुल्कसमेत नगरपालिकाले नै व्यहोर्ने बताइएको छ । यसैगरी दलित छात्र तथा छात्रालाई सिटिइभिटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *