असोज ३० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असोज ३०, २०७८ । ई.सं. १६ अक्टाेबर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४१ कौलाथ्व । राक्षस, दक्षिणायन, शरद । शनिबार आश्विन शुक्लपक्ष । तिथि- एकादशी, १९:१७ बजे उप्रान्त द्वादशी । नक्षत्र- धनिष्ठा, १२:११ बजे उप्रान्त शतभिषा । योग- गण्ड, २५:५७ बजे उप्रान्त वृद्धि । करण- वणिज ७:४७ बजेदेखि भद्रा, १९:१७ बजे उप्रान्त कौलव । चन्द्रराशि कुम्भ । आनन्दादि योग प्रवर्द्ध । दिनमान २८।३८ । सूर्योदय ६:०५ । सूर्यास्त १७:३२ । पञ्चक, पापाङ्कुशा एकादशीव्रत, अन्नपूर्णयात्रा, अँसचाँल ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्ली बढी व्यस्त रहनुपर्नेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । कतै घुम्न जाने योजना बन्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसङ भेट घाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन मद्दत गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *