सेलाइयो महाकालीको मूर्ति (तस्बिरहरू)

काठमाडौँ । विशेषगरी बडा दसैँमा नवदुर्गाको पूजा गर्ने गरिन्छ । दुर्गा भवानीको नौवटा रुपलाई दसैँको सुरुवाती दिन ‘घटस्थापना’देखि ‘महानवमी’ गरी नौ दिनसम्म पुज्ने गरिन्छ । पहिलो दिन शैलपुत्रीको आराधना गर्दै सुरु हुने नवरात्रीको अन्तिम दिन‚ अर्थात महानवमीमा सिद्धिदात्रीको आराधना गरेपछि नवरात्री सकिन्छ ।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दुहरूले भने दसैँमा टिका लगाउनुभन्दा पनि महाकालीको आराधना गरेर  नवरात्री मनाउने गर्दछन् । नौ दिनसम्म माटोको महाकालीको मूर्ति स्थापना गरी पूजा आराधना गरेसँगै उक्त मूर्तिलाई विजया दशमीको दिन पवित्र नदीमा लगेर सेलाउने गरिन्छ ।

महाकालीसँगै भगवान शिव, गणेश, कार्तिकेय, महालक्ष्मी, महागौरी, महासरस्वतीलगायत देवी/देवताका मूर्तिहरूलाई नौ दिनसम्म पूजा आराधना गरी आज (विजया दशमी) सेलाउने गरिन्छ ।

‘तस्वीरमा उत्तरगयाको नामले प्रसिद्ध श्रीकान्ती भैरव मन्दिर परिसरको बागमती किनारमा महाकालीसहितका देवी/देवताहरूको मूर्ति सेलाउँदै भक्तजनहरू’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *