भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

काठमाडौँ । विजया दशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको बडा दसैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ । पूजा सकिएपछि सुजमारीमा भक्तजनहरुलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पुर्‍याएर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

बडा दशैँको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ । पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुर्ब्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *