कोभिडका कारण टिबीका बिरामी बढे : डब्लूुएचओ

जेनेभा । एक दशकपछि पहिलो पटक टिबीका बिरामी विश्वव्यापी रूपमा बढेको छ । कोभिडका कारण स्वास्थ्य उपचारमा पहुँच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूुएचओ) ले जनाएको छ । उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मुलन गर्न वर्षौँदेखि भएका प्रयासमा अवरोध सृजना भएको छ । टिबीबाट अझै पनि विश्वभर लाखौँ मानिस पीडित छन् ।

‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौँ मानिसहरूको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ’, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन् ।

सन् २०२० को टिबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्लूएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टिबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ ।

डब्लूएचओले विश्वभर करिब ४१ लाख मानिसमा टिबी भएको तर उनीहरूले आफ्नो रोग आधिकारिक रूपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टिबी रोगीको सङ्ख्या २९ लाख रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ ।

टिबी रोगीलाई कोभिड १९ सङ्क्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टिबीका लागि छुटाइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको डब्लूएचओको भनाई छ । सन् २०२० मा टिबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *