अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालमा उपचारका लागि भर्ना भएका छन्। उनी मंगलबार क्यालिफोर्नियाको युसी इरवीन मेडिकल सेन्टरमा भर्ना गरिएको उनका प्रवक्ता एन्जेल यूरेनियाले जनाएका छन् ।

उनलाई युसी इरवीन मेडिकल सेन्टर मा भर्ना गरिएको छ। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ। ७५ वर्षीय बिल क्लिन्टनलाई मुटु सम्बन्धी रोगबाट ग्रसित रहेका छन्।

उनको उपचार गर्ने डाक्टरहरूले उनलाई एन्टिबायोटिक र तरल पदार्थ दिइरहेका थिए। हाल उनलाई लगातार अनुगमनको लागी अस्पताल राख्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *