नर्वेमा अन्धाधुन्ध धनुष बाण आक्रमणबाट ५ जनाको मृत्यु

एजेन्सी । नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ सवा ६ बजे घटना भएको प्रहरीले जनाएको छ । । राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो ।

प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ । प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् ।

आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आक्रमणको समय त्यही पसलमा रहेको बुझिएको छ । सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *