विश्व हिन्दु महासंघले पोखरामा महायज्ञ गर्ने 

पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले पोखरामा धर्म जागरण विराट महायज्ञ गर्ने भएको छ । महासंघ अन्तर्गत कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म सङ्कल्प महायज्ञ एवं श्रीमद्भागवत धर्म जागरण विराट ज्ञान महायज्ञ गर्न लागिएको हो ।

आगामी कात्तिक ८ देखि १४ सम्म पोखरा नयाँ बजारमा महायज्ञ हुने समिति अध्यक्ष डम्बर बाबाले जानकारी दिए । ॐकार सनातन वैदिक धर्मका सैद्धान्तिक मूल्यमान्यतामा आधारित वैज्ञानिक, जनहितकारी एवं व्यवहारिक शासन पद्धतिसहितको धर्मसापेक्ष हिन्दु अधिराज्य स्थापनालाई दबाब दिने गरी महायज्ञ गरिने उनको भनाई छ ।

पहिलो दिन तुल्सीघाटबाट कलश यात्रा हुनेछ । समापनमा नगरभित्र शान्तिपूर्ण धार्मिक र्‍याली हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *