यार्सागुम्बासहित दुईजना ईटहरीबाट पक्राउ

विराटनगर । दुर्लल वनस्पति यार्सागुम्बासहित सुनसरीबाट २ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ धरान लाईनबाट दुर्लभ वनस्पति यार्सागुम्बासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका-४ का २७ वर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका-४ का ३२ वर्षीय श्यामकुमार लिम्बु छन् । उनीहरूको साथबाट ३ केजी दुर्लभ वनस्पति यार्सागुम्बा बरामद गरेको प्रहरीले जनाएको छ ।

यार्सागुम्बाको अवैध रुपमा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यार्सागुम्बासहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि तरहरा सब-डिभिजन वन कार्यालय पठाइएको छ । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *