कर्सियामा बैंक लुट्ने प्रयास, तीनजना पक्राउ परेको प्रहरीको दाबी

विराटनगर । मोरङको कर्सियामा रहेको एक बैंकका सुरक्षा गार्डलाई गोली हानेर लुटपाटको प्रयास गरेका छन् । सोमबार दिउँसो धनपालथान गाउँपालिकामा रहेको कर्सिया बजारस्थित सिटिजन बैंकमा लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

लुटेराहरूले बैंकमा कारोबार भईरहेको अबस्थामा सुरक्षगार्डमाथि गोली चलाएर लुटपाट गरेको स्थानीयले बताएका छन् । पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएको स्थानीयले बताएका छन् ।

प्रहरीले घटनास्थलको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले लुटाराको गोली लागेर एकजना घाइते भएको बताएका छन् ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसीसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छन् । घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *