एभरेष्ट बैंककाे सन्देशमुलक दसैँ भिडिओ सार्वजनिक

काठमाडौँ। नेपालीहरूको महान् पर्व दसैँलाई मध्य नजर गर्दै एभरेष्ट बैंकले चेतनामुलक भिडिओ सार्वजनिक गरेकाे छ । दसैँ आए लगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ । साथै टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् ।

अहिलेको यस्तो परिस्थितिमा भिडभाडबाट टाढा रहन र डिजिटल बैंकिङको प्रयोग गरी सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा देखाइएको छ । सो भिडिओ एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज वा युटुव च्यानल मा गई हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *