सानिमा बैङ्क अब ललितपुरको मंगलबजार र बालकुमारीमा

काठमाडौं । सानिमा बैङ्क लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा बैङ्क कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले एक समारोहकाबीच गरेका हुन् ।

यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्य र बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा औपचारिक रुपमा भएको थियो ।

उद्घाटन समारोहमा सानिमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैङ्कका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *