धमाधम राजनीतिक नियुक्ति गर्दै प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले धमाधम राजनीति नियुक्ति गर्न थालेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्ड गठन गरेको छ भने प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारीहरू नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश श्रम सल्लाहकार पनि नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश १ को  प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरका वावा मेयाङ्वोलाई नियुक्त गरेको छ भने सदस्य सचिवमा विराटनगरका कृष्ण बस्नेत (पर्शुराम)लाई नियुक्त गर्ने निर्णय गरेको छ । सदस्यहरूमा भेषराज कार्की (सुनसरी), विप्लभ घोष (सुनसरी), थलु राजभण्डारी (ओखलढुङ्गा)का सदस्यमा नियुक्त गर्ने निर्णय भएको हो ।

प्रदेश पर्यटन बोर्डलाई पनि सरकारले पूर्णता दिएको छ । २ वर्ष अगाडी नै कानन बनेको भएपनि प्रदेश पर्यटन बोर्ड गठन हुन सकेको थिएन । नियमावली अनुसार ११ सदस्य बोर्ड रहने व्यवस्था अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवलाई अध्यक्ष, एक जना अर्थ मन्त्रालयको अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, एक जना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख सदस्य रहने व्यवस्था छ ।

६ जना उद्योग पर्यटन क्षेत्रमा विगत १० वर्षदेखि लागेका व्यक्ति रहने व्यवस्था अनुसारको प्रदेश पर्यटन बोर्ड गठन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मनोनयन सिफारिस समितिको सिफारिस अनुसार  फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी), भीम राज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (बिर्तामोड)लाई बोर्डमा नियुक्ति गर्ने निर्णय गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारीले बताए ।

त्यस्तै प्रदेश श्रम सल्लाहकार पनि नियुक्ति गरेको छ । जसको उपाध्यक्षमा झापाका राजीव घिमिरेलाई नियुक्ति दिएको छ । सदस्यहरूमा भीम घिमिरे विराटनगर, सरोज श्रेष्ठ धरान, सिता उपाध्याय मोरङ, रञ्जु  सिग्देल इटहरी, किशोर धमला विराटनगर,अरुण थापा विराटनगर, नारायणबाबु कार्की मोरङ, सुनिता घिमिरे मोरङ, टिका प्रसाईँ सुनसरी, निलम साह सोनारलाई प्रदेश श्रम सल्लाहकारमा नियुक्त गरेको तिवारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *