कांग्रेसलाई हराउने शक्ति विश्वमै छैन : देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एकता भए कांग्रेसलाई पराजीत गर्ने शक्ति कतै नभएको बताएका छन् । पोखरा- १७ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीको एकता जरुरी छ । हाम्रो पार्टीमा एकता भएको खण्डमा हाम्रो पार्टीलाई कसैले हराउन सक्दैन । हाम्रो पार्टीलाई कसैले हराउँछ भने हामी आफैले हराउछौं । यो सत्य कुरा हो । हामी एक भयौं भने संसारमा कुनै शक्तिले हामीलाई हराउन सक्दैन ।’

उनले पार्टी अधिवेसनमा मिलेर जान नेता कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको अधिवेसन आउँदै छ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । यसमा प्रतिस्पर्धा हुन्छ । भरसक एक भएर जाऔँ,’ उनले थपे, ‘सहमति भएन भने स्वच्छ प्रतिस्पर्धा गरौँ । प्रजातान्त्रिक तरिकाबाट निर्वाचन गरौँ । यो प्रतिस्पर्धा तिक्ततामा होइन, सौहार्दपूर्ण होस् ।’

पार्टीमा हार्नेहरूका कारण तिक्तता सुरु भएको उनको तर्क छ । ‘जित्ने पनि मात्तिने होइन, हार्ने पनि निराश हुने काम छैन । जित्नेले हार्नेलाई साथमा लिन सक्नुपर्छ र हार्नेले जित्नेलाई सहयोग गरेर जानुपर्छ,’ देउवा भन्छन्, ‘हाम्रो पार्टी ठूला ठूला आन्दोलनको नेतृत्व गरेको पार्टी हो ।एकता भएको खण्डमा भविष्य छ । यो पार्टीभन्दा अरु प्रजातान्त्रिक पार्टी पनि छैन ।’ सोही कार्यक्रममा कांग्रेस कास्कीका संस्थापक सभापति लिलाभक्त आचार्यले वडा इकाईलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *