बाँस्कोटाको कविता संग्रह ‘ढुङ्गाको प्रेम’ लोकार्पण

पाँचथर । पत्रकार तथा कवि गिरिराज बाँस्कोटाद्वारा लिखित कविता संग्रह ढुङ्गाको प्रेम लोकार्पण भएको छ । पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित कार्यक्रममा साहित्यकार विमल वैद्यलगायतले कृति लोकर्पण गरेका हुन् ।

कविता संग्रह विमोचन गर्दै वैद्यले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको टिप्पणी गरे । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले संग्रहमा नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको बताए ।

पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले साहित्यका लागि महत्त्वपूर्ण जिल्ला पाँचथरका कवि र पत्रकार बाँस्कोटाको यो कृतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बालगायतका साहित्यक रचना पाठ गरेका थिए ।

पुस्तक लोकार्पण कार्यक्रम केन्जोखबर डट कमले आयोजना गरेको थियो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहमा २७ वटा कविता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *