लेखक पराजुलीको ‘मिथ्या’ सार्वजनिक

लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । पोखरामा भएको कार्यक्रमा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले ‘मिथ्या’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार सरुभक्तले प्रयोगधर्मी उपन्यास जटिल हुने बताउँदै आख्यानकारले जटिलतालाई पनि रोचक शैलीमा प्रस्तुत गरेर आफूलाई अब्बल सावित गरेकोमा लेखकको प्रशंसा गरे ।

कवि तीर्थ श्रेष्ठले नेपाली आख्यानको फाँटमा लेखकले उपन्यासमार्फत् आफूलाई बलियो रूपमा उभ्याउन सफल भएको बताए । ‘पोखराले उपन्यासको विधामा लामो यात्रा पार गरेको छ, यो यात्रामा अहिले दीपकले आफूलाई बलियोसँग उभ्याएका छन्‚’ उनले भने ।

लेखक सरस्वती प्रतीक्षाले ‘मिथ्या’ आख्यानमा बौद्धिकता रुचाउने पाठकका लागि रुचीकर हुने बताइन् । ‘उपन्यासका पात्रहरू वैचारिक चरित्रका रूपमा रहेका छन् , यथार्थ र सरल चरित्रका पात्र भन्दा फरक पात्र भएकाले उपन्यास रोमाञ्चक बनेको छ ।’ उनले भनिन् ।

लेखक गनेस पौडेलले आख्यानमा नवीन स्वाद खोज्ने पाठकले ‘मिथ्या उपन्यास रुचाउने विश्वास व्यक्त गरे, । उनले भने‚ ‘उपन्यासले कथा वाचनको पूर्वीय परम्परागत शैलीलाई पछ्याएको छ, विगत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न आयामलाई उपन्यासले चरितार्थ गरेको छ ।’

स्वैरकल्पनात्मक उपन्यास ‘मिथ्या’ बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *