बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ४ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । ‘दिउँसोदेखि नै यो तनाव छ,’ प्रवक्ता पोखरेलले भने, ‘प्रहरीमाथि नै उनीहरू (सुकुम्बासीहरू) जाइलागे । त्यतिबेला जवाफी सुरक्षामा यस्तो भयो ।’

झडपका क्रममा १४ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । उपचारको क्रममै ४ जनाको मृत्यु भएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यूसमेत जारी गरेको छ ।

आइतबार (आज) ४ बजेदेखि लागू हुनेगरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुनेगरी कर्फ्यू लगाइएको छ ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए । प्रशासनले ३ दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो ।

यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *