प्रहरी-स्थानीयबीचको विवाद बढेपछि बुटवलमा कर्फ्यू जारी

काठमाडौँ । रुपेन्द्रहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न गएका स्थानीय र प्रहरीबीचकाे झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ । विवाद बढ्दै गएपछि अपराह्न ४ बजेबाट लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय, रुपेन्देहीले कर्फ्यू जारी गरेको हो ।

झडपका क्रममा प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर दुईजना सख्त घाइते भएका छन् । औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको हो ।

प्रहरीमाथि नै ढुङ्गामुढा हुन थालेपछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

पूर्वमा बुटवल १७ सिवनगरदेखी वडा नं. १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनर रानीगञ्ज बस्ती र दक्षिणको वडा नं. १८ को मोतीपुर औद्योगिक करिडोरको जमिनअन्तर्गत धन्दापुर सौंरहियाभित्रको क्षेत्रमा कर्फ्यूको आदेश जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *