सरकार बर्खास्तीको मागसहित विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा जाने

विराटनगर । प्रदेश १ मा विपक्षी गठबन्धनले सरकारविरुद्ध प्रदेश प्रमुख समक्ष जाने निर्णय गरेका छन् । आज दिउँसो प्रदेश सभा भवनमा बसेको प्रमुख प्रतिपक्षीको बैठकले सरकार असंवैधानिक भइसकेकाले बर्खास्त गर्ने मागसहित प्रदेश प्रमुखकोमा जाने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीेले जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकले सभामुख र सरकारबीच मिलेमतोमा अहिलेका गतिविधि भइरहेको पनि निष्कर्ष निकालेको छ ।

सरकारको आयु हिजै समाप्त भएको विपक्षीको भनाइ छ । सरकारले विश्वासको मत लिने भनेर भनिरहे पनि आधिकारिक प्रस्ताव प्रदेश सभामा नआएको र यसले प्रदेश सभा नियमावली र संविधानको मर्मअनुसार नभएको भन्दै प्रदेश प्रमुखसमक्ष सरकार बर्खास्तीको मागसहित प्रदेश प्रमुखकोमा जाने तयारी भएको कार्कीले जानकारी दिए ।

सरकारले ३० दिन बितिसक्दा पनि विश्वासको मतका लागि प्रस्ताव दर्ता नगर्नुलाई विपक्षी गठबन्धनले भर्त्सना गरेको छ,’ कार्कीले भने, ‘सरकारले आजै विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्नुपर्ने थियो गराएको छैन, सरकारको आयु सकिएको छ, हामीलाई सरकारका कुनै निर्णय मान्य हुँदैन । विपक्षीले असंवैधानिक सरकारले गरेका कुनै पनि सरकारी गठन, विघटन, सरुवा बढुवा, बजेट बाँडफाँड, नियुक्तिहरू सबै अमान्य हुने बताएको छ ।

भोलि संसद्‌मा प्रस्ताव दर्ता भयो भने प्रस्ताव टुंगो नलाग्दासम्म सदन सुचारु हुनु पर्ने पनि विपक्षीको माग छ । भोलिलाई बैठक बोलाएको छ तर एमालेका सबै सांसद घर जानुले संसद सूचना टाँस गरेर स्थगित हुने हो कि भन्ने आशंकामा विपक्षी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *