प्रेमी छुटाउन हिरासतमा राखिएका व्यक्तिको मृत्यु, इनरुवामा तनाव

विराटनगर । बिहानैदेखि सुनसरीको इनरुवा तनावग्रस्त भएको छ । प्रहरीको हिरासतमा  एक जना युवाको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।  हिरासतमा प्रहरीले यातना दिएको कारण मृत्यु भएको आरोप स्थानीयको छ ।

भोक्राहाका मोहम्बद हाकीम साहको प्रहरी हिरासतमा बिहान मृत्यु भएपछि आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरीमा तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घरेलु हतियार सहित आएका स्थानीले आक्रमण गर्दा १२ जना भन्दा बढी प्रहरी घाइते भएको जानकारी दिए ।

भिड नियन्त्रण गर्न प्रहरीले १२ भन्दा बढी पटक अश्रुग्याँस प्रहार गरेको छ । १३ दिन अघि पक्राउ परेका मोहम्मद हाकिम साहलाई आज अदालत बुझाउने तयारी थियो ।

अदालत बुझाउनु अघि नै बिहान हिरासतमा रहेका कैदीहरू सुतेको बेला मोहम्बद हाकीमले आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए । ​ थापाका अनुसार कार्यालयको सिसी टिभी फुटेज हेर्दा गम्छाको पासो लागेर हिरासतको ढोकामा झुन्डिएको देखिएको छ । मृतकका आफन्तले भने प्रहरीले हत्या गरेको दाबी गर्दै नाराबाजी गरिरहेका छन् ।

अन्तरजातीय विवाहले निम्त्याएको किचलाे

प्रेम विवाह गरेका हाकीमलाई धनकुटाबाट पक्राउ गरेर प्रहरीले अभद्र मुद्दा चलाएको थियो । सुनसरी इनरुवा–९ की युवतीसँग उनले प्रेम विवाह गरेका थिए । अन्तरजातीय  र अन्तर धार्मिक विवाह गरेका कारण हाकीम र उनकी प्रेमिकालाई परिवारले पटक पटक छुटाउँदै आएको थियो ।

पटक पटक छुटाउँदै आए पनि १३ दिन अघि भने प्रहरीले उनलाई पक्राउ गरेर अभद्र मुद्दा दायर गरेको थियो । त्यसयता हिरासतमा रहेका साहको आज बिहान मृत्यु भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *